लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 09:29:25 AM मा प्रकाशित

laxmi  sunrise bank

लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले राजपत्र अंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको छ । 

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी आयोगले दरखास्त आह्वान गरेको छ ।

न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवेदन दिनसक्ने छन् । परिक्षा लिखित, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता गरी ३ किसिमबाट हुनेछ । लिखित पास गर्नेले मात्र कम्प्युटर सीप परीक्षण र अन्तर्वार्तामा भाग लिन पाउने छन् ।

इच्छुक आवेदकले आज फागुन ३० गतेदेखि चैत २० गतेसम्म आवेदन दिनु पर्नेछ । दोब्बर दस्तुरमा भने चैत २८ गतेसम्म आवेदन दिन पाइनेछ ।

प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर ५०० रुपैयाँ बुझाउनु पर्नेछ । 

सूचनाः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved