आज पनि संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2024 | 09:01:34 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार संधीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दै छ ।बैठक बिहान ११ बजेको लागि बोलाईएको छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको "शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै  आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने छ । यो प्रि बजेट छलफल हो ।

नेपाली कांग्रेसका सांसदहरुले गृह मन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नाराबाजी गरेपछि यस अघिको बैठक स्थगित भएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved