त्रिविका अर्थशास्त्र विभाग प्रमुख अधिकारी योजना आयोगको सदस्यमा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 03:41:56 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थशास्त्रका विज्ञ प्रा.डा. शिवराज अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन् । सरकारले त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग प्रमुखसमेत रहेका अर्थविद् प्रा.डा. अधिकारीलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।

उनी नेपाल बुद्धिजीवी परिषद्का सचिवालय सदस्यसमेत हुन् । अधिकारीसहित ४ जनालाई आज सरकारले योजना आयोगको सदस्यमा नियुक्त गरेको हो । उनीसहित डा. संगीता सिंह, डा. कुशेन्द्र बहादुर महत र डा. अरनिको पाण्डे पनि आयोगको सदस्यमा नियुक्त भएका छन् ।

केही दिन अघि आयोगका ४ सदस्यले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा उनीहरुलाई नियुक्त गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved