गृहमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प अब २४सै घण्टा खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 05:28:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब २४सै घण्टा सञ्चालन हुने भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि  नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोलपम्प अबदेखि २४सै घण्टा सञ्चालन हुने भएका हुन् । 

उपप्रधानमन्त्री लामिछानेले पेट्रोलपम्प २४सै घण्टा खुला गर्न आदेश दिएसँगै आजदेखि पम्पहरू खुला रहने नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । यसअघि प्रहरीद्वारा सञ्चालित पेट्राेलपम्पहरू विहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालित हुँदै आएका थिए । 

उनले भने , “मन्त्रीज्यूले २४सैँ घण्टा खुला गर्न आदेश दिनु भएसँगै हामीले पेट्रोलपम्प पम्प खुला गरेका छौँ ।” 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved