आज संसद बैठक बस्दै, बाफिया पेश गर्ने कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 10:22:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेको लागि बोलाईएको छ ।

आजको बैठकमा बैंक तथा वित्तीय संस्था (बाफिया) सम्बन्धी पहिलो संशोधन विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची राखिएको छ । त्यस्तै आज भन्सार बिधेयकलाई समितिमा पठाउने कार्यसूची राखिएको छ ।

यस्तो छ आजको बैठकको कार्यसूची :

१. सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने ।

२. सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने ।

३. ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले “अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता (Framework Agreement on the establishment of the International Solar Alliance (ISA)) माथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने।

४. अर्थमन्त्री वर्षमान पुनले:-

(क) “बैंक  तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०" लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने।
(ख) "बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने।
(ग) “ भन्सार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने।

५. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले “निर्माणमुखि सामग्री ( व्यवस्थापन तथा नियमन) विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस” भनी प्रस्ताव प्रस्तुत गर्ने।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved