
आज चैत्र २० गते मंगलबार पनि प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेको लागि बोलाईएको छ।
आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।त्यस्तै सभामुखले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ।
साथै उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले “विमस्टेक वडापत्र (BIMSTEC Charter) को प्रावधानमाथी सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने र “विमस्टेक वडापत्र ( BIMSTEC Charter) लाई अनुमोदन गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
व्यवस्थापन कार्य अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ।