आज ईद पर्व, देशभर सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2024 | 09:41:19 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा पनि दिएको छ ।

ईद इस्लामिक पात्रो अनुसार मनाइने पर्व हो । ईद पर्व एक महिनासम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । मुस्लिम समुदायहरुले आज एक महिनाको व्रत सक्ने र शुभकामना आदानप्रदान गर्ने गर्दछन् । 

ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज पढ्ने गरिन्छ । 

ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएको रातको भोलिपल्ट मनाउने परम्परा छ । ईदले सदविचार र सत्कर्ममा प्रेरित गर्ने विश्वास गरिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved