केपी ओली सवार हेलिकप्टर मन्थलीमा आकष्मिक अवतरण, स्थानीयले सुनाए आफ्ना माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2024 | 07:15:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली सवार हेलिकप्टर रामेछापमा आकष्मिक अवतरण गरेको छ । ताप्लेजुङबाट काठमाडौँ फर्किने क्रममा खराब मौसमका कारण ओली सवार हेलिकप्टर रामेछापको मन्थलीमा आकस्मिक अवतरण गरेको हो।

 ओली आज ताप्लेजुङको ओलाङचुङगोला गएका थिए ।

ओली सवार हेलिकप्टर मन्थलीमा आकष्मिक अवतरण गरेपछि ओलीले केहि समय मन्थली मै बिताएका छन् । मन्थलीमा एमाले रामेछापका अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य आनन्द कुमार श्रेष्ठ र मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले स्वागत गर्दै ओली समक्ष मन्थली विमानस्थलबाट नियमित हवाई उडानको वातावरण बनाउन आग्रह गरेका छन् । जवाफमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मन्थली विमानस्थलको नियमित सञ्चालनका लागि पार्टीको तर्फबाट पहल गर्ने बताएका छन् ।

ओलीको साथमा रहेका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठले यस सम्बन्धमा आवश्यक मागपत्र सहित मन्त्रालयमा आउन आग्रह गर्दै मन्थली विमानस्थलको नियमित सञ्चालनका लागि भौतिक पूर्वाधार मन्त्रालयबाट आवश्यक सबै खालको सहयोग रहने प्रतिवद्वता जनाएका छन् । ओलीसँगै रक्षामन्त्री हरि उप्रेती , पूर्व पर्यटनमन्त्री एवम् एमाले सचिव योगेश भट्टराई र राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष छितिज थेवे पनि मन्थली उत्रिएका थिए ।

बिहिबार साँझ हावाहुरी सहित वर्षा भएपछि काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान र अवतरण पनि प्रभावित भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved