नेपाल पुनर्बीमाको भित्तेपात्रो विमोचन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2024 | 10:31:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीले  नयाँ वर्षको भित्तेपात्रो विमोचन गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान सहित भित्तेपाटो बिमोचन गरिएको कम्पनीले जनाएको छ । 

 नेपाल पुनर्बीमा स्वतन्त्र कर्मचारी युनियनले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको सभापतित्व युनियनका अध्यक्ष हरि प्रसाद निरौलाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी रहेका थिए । विशेष अतिथिका रुपमा चिफ म्यानेजरद्वय ईश्वर प्रधान र मन्जु थापा रहेका थिए ।

नेपाल पुनर्बीमा स्वतन्त्र कर्मचारी नेपाल नेपाल पुनर्बीमाको एक मात्र आधिकारीक युनियन हो । शुक्रबार विमोचन भएको सो भित्ते पात्रो पनि स्वतन्त्र कर्मचारी युनियनले नै छापेको यूनियनका अध्यक्ष निरौलाले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved