नेक्सजेन म्यानेजमेन्टको योङ इनोभेटर्स मिट सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2024 | 03:23:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेक्सजेन म्यानेजमेन्टले योङ इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बानेश्वरको आनन्दभुमि बिजनेस सेन्टरमा शनिबार कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा युवाहरूको ब्यापक सहभागिता रहेको कम्पनीले जनाएको छ । स्टार्ट अप ब्यवसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न नेक्सजेनले यो कार्यक्रम संचालन गरेको थियो ।

कार्यक्रममा सहभागिहरूको स्वागत नेक्सजेनका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका थिए । देशमा कामको प्रशस्त अवसर भएर पनि उचित जानकारीको अभावमा युवाहरू निराश भएर विदेश पलायन हुँदैछन् । सहयोगी संस्थाहरू र काम गर्न चाहने युवाहरूबीच सहजीकरण गर्न यस कार्यक्रमको आयोजना गरिएको जानकारी अध्यक्ष भट्टराईले दिए  ।

स्टार्ट अप इनोभेसन एण्ड इन्कयुवेसन सेन्टरका अध्यक्ष डा। शम्भु पोखरेलले आर्थिक मन्दिको प्रतिकुल अवस्थामा नेक्सजेन म्यानेजमेन्टले प्रशंशनिय कार्य गरेको बताए । उनले स्टार्ट अप व्यवसाय गर्न चाहनेलाई सेन्टरले सहयोग गर्ने विश्वास दिलाए । कार्यक्रममा विजय लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले लघु वित्तिय संस्थाको तर्फबाट स्टार्ट अप व्यवशाय गर्न चाहनेलाई वित्तिय श्रोतको ब्यवस्था गर्न सकिने जानकारी दिए । 

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट कृषि विकास बैंक र नेपाल बैंकका पुर्व कार्यकारी प्रमुख देवेन्द्र प्रताप शाहले युवाहरू अघि नबढि देश नबन्ने बताए । युवाहरूले नयाँ–नयाँ कामको संभावना खोजि गरेर अघि बढ्नुपर्ने र नेक्सजेन म्यानेजमेन्ट जस्तो संस्थासँग सहकार्य गरि काम गर्दा सफल हुन सकिने विश्वास ब्यक्त गरे ।

योङ इनोभेटर्स मिट कार्यक्रमको अध्यक्षता ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले गरेका थिए । उक्त कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्दै उनले बैंकहरूले जनताको निक्षेपबाट लगानी गर्नुपर्ने भएकाले संभावना भएको र कर्जा तिर्न सक्ने क्षमता भएको उद्योग व्यवसायमा मात्र लगानी गर्न सकिने जानकारी गराए । स्टार्ट अप व्यवसाय अधिकांश सफल हुँदैनन् । त्यसैले अध्ययन अनुसन्धान गरेर नयाँ प्रविधि र सोचका साथ टिम बनाएर काम गर्दा सफल हुने बज्राचार्यले विश्वास ब्यक्त गरे ।

कार्यक्रमको अन्त्यमा नेक्सजेनका संचालक सुरेश सापकोटाले सहभागीहरूलाई धन्यवाद ब्यक्त गर्दै युवाहरूले जोखिम नलिई अगाडि बढ्न सक्दैनन् । त्यसैले संभावनाका नयाँ क्षेत्रको पहिचान गर्दै काम गर्ने साहस देखाउन आग्रह गरे । स्टार्ट अप व्यवसायी, बिभिन्न कलेजका मास्टर्स तहमा अध्ययनरत विध्यार्थी र नयाँ काम गर्न चाहने युवाहरूसमेत गरि सत्तरी जना भन्दा बढिको सहभागिता रहेको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved