फिलिपिन्सबाट बंगलादेश पुगे कतारका अमिर, भोलि नेपाल आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 06:13:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बंगलादेशको राजधानी ढाका पुगेका छन् । उनी फिलिपिन्सको भ्रमण सकेर फिलिपिन्सबाट ढाका पुगेका हुन् ।

कतार न्युज एजेन्सीका उनी आज सोमबार साँझ ढाका पुगेका हुन् । ढाकाको दुई दिने भ्रमण सकेर उनी मंगलबार साँझ नेपाल आउने छन् । उनी  मंगलबार साँझ ५ः३५ मा काठमाडौँ ओर्लने छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने कार्यक्रम छ । 

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर  थानीले वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने लागेका हुन् ।   भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्ने छन्। 

कतारका अमिर शेख थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि, दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुने छन्। कतारका अमिर थानी सोही  दिन काठमाडौँबाट प्रस्थान गर्ने छन्। 

कतारका अमिरको भ्रमणको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक विदा पनि दिएको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved