राष्ट्रिय विकास परिषद्को बैठक बिहिबार, १६औँ योजना फाइनल हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2024 | 08:44:15 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय विकास परिषद्को बैठक बिहिबार बस्ने भएको छ।  आयोगका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकको अध्यक्षता गर्ने छन् । परिषदको अध्यक्ष योजना आयोगका अध्यक्ष नै रहने व्यवस्था छ । 

योजना आयोगका अनुसार बैठकमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राख्नेछन्, र उनको प्रस्तुति माथि वक्ताहरुले धारणा राख्नेछन् । कार्यक्रममा प्रमुखप्रतिपक्षी दलका नेतासहित सत्ता साझेदार दलका सबै अध्यक्षहरुले सम्वोधन गर्नेछन् ।  

कार्यक्रममा सबै पूर्व प्रधानमन्त्रीहरुलाई निम्ता पठाइएको आयोगले जनाएको छ। सबै प्रदेशका मूख्यमन्त्री अनिवार्य र स्थानीय सरकारका प्रतिनिधि (७५३ भएकाले प्रतिनिधिमूलक ) सहभागी हुनेछन् । त्यस्तै निजी क्षेत्रका ठूला संस्थाका उद्योगी व्यवसायीहरु सहभागी हुनेछन् । 

 ५ वर्षे रणनीति बनाउन बस्ने यस बैठक सरकारले आयोजना गर्ने सबैभन्दा ठूलो कार्यक्रम हो । यो बैठकले दिएको सुझाव समेटेर नेपालको ५ वर्षे योजना अर्थात १६औँ योजना फाइनल हुने आयोगले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved