नेपाल र कतारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2024 | 12:06:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र कतारबीच विभिन्न समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ। नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको हो।

जस अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सीले सहकार्य गर्ने, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी,  कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । साथै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

त्यस अघि कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता भएको थियो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved