राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारीक वायुसेवा तोकिएको छ । नेपाल भ्रमण वर्ष सचिवालय र नेपाल एयरलाइन्सबीच सम्झौता भएसँगै एनएसी भ्रमण वर्षको आधिकारीक वायुसेवा तोकिएको हो ।
सचिवालयले यसअघि टर्किस एयरलाइन्सलाई पनि भ्रमण वर्षको आधिकारिक वायुसेवा घोषणा गरिसकेको छ । एनएसीको अन्तराष्ट्रिय उडान भएका मुलुकमा भ्रमण वर्षको प्रचारात्मक कार्यक्रम गर्दा नेपाल एयरलाइन्सलाई पनि सहभागी हुने भएको छ । सम्झौतामा निगमका तर्फबाट संस्थागत विभागकी निर्देशक अर्चना खड्का र सचिवलायका तर्फबाट सदस्य सचिव बच्चु नारायण श्रेष्ठले हस्ताक्षर गरे ।