अन्तरिक्ष केन्द्रमा विस्फोट, फेसबुकको कम्यूनिकेशन स्याटलाइट ध्वस्त (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 02, 2016 | 08:34:41 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको फ्लोरिडा राज्यको केप क्यानाभेरलमा रहेको अन्तरिक्ष केन्द्रमा विस्फोट भएको छ । रकेट प्रक्षेपण गर्ने क्रममा सो बिष्फोट भएको बिबिसीले जनाएको छ। 

एजेन्सीका अनुसार स्पेस एक्स कम्पनीले रकेट प्रक्षेपण गर्न तयारी गरेको अवस्थामा लन्च प्याडमा विस्फोट भएको हो।  विस्फोटका कारण कोशौं टाढा रहेका भवनमासमेत कम्पन महसुस गरिएको थियोे। 

सो बिष्फोटका कारण फेसबुकको कम्यूनिकेशन स्याटलाइट समेत ध्वस्त भएको छ । शनिबार उद्घाटन गर्ने तयारीमा स्याटेलाइटमा इजरायलमा बनेको एमास सिक्स उपग्रहको प्रयोग गर्ने तयारी रहेको थियो। 

रकेट प्रक्षेपणको क्रममा भएको सो बिष्फोटका कारण अफ्रिकाका सबै ठाउमा इन्टरनेट पुर्याउने योजना तुहिएको छ। नासाले स्पेस एक्स कम्पनीले रकेट प्रक्षेपणको जाँच गरिरहेको र उसले आगामी हप्ताको अन्त्यमा स्याटलाइट अन्तरिक्षमा लैजाने तयारीमा रहेको जनाएको छ । रकेटमा इन्धन भर्ने क्रममा कुनै गडबडी भएकाले विस्फोट भएको हुन सक्ने अधिकारीले बताएका छन् ।

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved