अमेरिकाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसी राष्ट्रपति पुटिनका बडीगार्ड र ज्वाईँ सहित सात जना नजिकका सहयोगी, १७ जना वरिष्ठ सरकारी अधिकारी र केही रुसका कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ । ती व्यक्ति तथा कम्पनीले विश्वभर हानिकारक गतिविधि सञ्चालन गरेको अमेरिकाको आरोप छ ।
अमेरिकाले रुसका उच्च स्तरका व्यक्तिका १२ कम्पनी, सरकारी हतियार निर्यात गर्ने कम्पनी तथा एउटा बैंकमा प्रतिबन्ध लगाएको हो । अमेरिकाले लगाएको प्रतिबन्धको आलोचना गर्दै रुसले अब कडा कदम चाल्ने चेतावनी दिएको छ ।