इन्डोनेशियामा दुर्घटनाग्रस्त भएको विमानमा १८८ जना सवार रहेको पुष्टि भएको छ । विमानमा १७८ यात्रु, १ नाबालक, २ बच्चा, २ पाइलट र ५ कृ मेम्बर गरी १८८ जना रहेको कम्पनीले जनाएको छ ।
इन्डोनेशियाको बजेट एयरलाइन्सका रुपमा परिचित लायन एयर समुन्द्रमा खसेर दुर्घटना भएको हो । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार बोइंग ७३७-८०० उक्त जहाज उडेको १३ मिनेट मै सम्पर्कबिहिन भएको थियो । राजधानी जाक्रताबार स्थानीय समय ६:२० मा उडेको उक्त जहाज ७:२० मा पन्कलमा अवतरण गर्नु पर्ने थियो।
समुन्द्रमा विमानको केहि भग्नावशेष र केहि सिट फेला परेका छन् ।उद्दार तथा खोजि कार्य जारि रहेको अधिकारीहरुले बताएका छन् ।