सिरियाको एक बिद्यालयमा भएको हवाई हमलामा २२ स्कुले बालबालिका सहित २८ जनाको मृत्यु भएको छ । सिरियाको इदलिब प्रान्तमा भएको हमलाको बालबालिका सम्बन्धि काम गर्ने अन्तराष्ट्रिय संस्था युनिसेफले निन्दा गर्दै घटना दुखद भएको बताएको छ । इदलिब प्रान्त त्यहाको बिद्रोही समुहको कब्जामा रहने गरेको थियो ।
सीरियन एब्जभेटरी फर ह्यूमन राइट्स संस्थाले रूस वा सिरियाको युद्धक विमानले स्कुल परिसरमा हमला गरेको बताएको छ । संस्थाले स्कुलमा पटक पटक हमला भएको दाबी गरेको छ । यो बिद्यालयमा भएको हमला मध्ये सबै भन्दा घातक हमला भएको बताईएको छ ।सामाजिक संजालमा देखिएका तस्विरमा एक विद्यार्थीको हात कुहिनो भन्दा सम्म काटिएको देखिएको छ ।
रूसका राजदूत वितलीले बिद्यालेमा भएको उक्त हमला धेरै भयानक भएको बताएका छन् । मानवाधिकार समूहले सिरिया सरकार र उनका रुसी सहयोगिहरुले सिरियाली नागरिक माथि अन्धा धुन्ध हमला गर्ने गरेको आरोप लगाएका छन् ।
सिरियामा २०११ देखि सरकार बिरुद्द संघर्ष सुरु भएको हो । त्यस पछि सिरियामा ३ लाख मानिसको मृत्यु भएको छ । त्यहाको आधा जनसंख्या युद्द कै कारण बिस्थापित भएको छ।