भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालोधन नियन्त्रण गर्न भन्दै हाल कायम भारु ५ सय र हजारका नोट मंगलबार राति देखि प्रयोगमा प्रतिबन्ध हुने घोषणा गरेका छन। अहिले सम्म चलन चल्तीमा आएका भारु ५ सय र हजारका नोट कारोबारमा प्रतिबन्ध गर्ने प्रधानमन्त्री मोदीको उक्त निर्णयले भारतमा मात्र नभई नेपालमा समेत प्रभाब परेको छ।
मंगलबार राति देखि भारतमा भारु ५ सय र हजारका नोट प्रतिबन्ध हुने निर्णयपछी नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बुधबार आकस्मिक बैठक समेत डाक्यो। उक्त बैठकले ति नोटको लेन देन तथा सटही तत्काल बन्द गर्न सर्कुलर जारी गर्ने निर्णय गर्यो। चलन चल्तीमा रहेका भारु ५ सय र हजारका नोट व्यवस्थापन गर्नका लागि भारतले आफ्ना नागरिकहरुलाई ५० दिनको अवधि दिएको छ।
यस अवधिमा आफुसंग भएका उक्त नोटहरु आधिकारीक परिचय पत्र पेश गर्दै बैंकहरुमा फिर्ता गर्न भारतले आफ्ना नागरिकलाइ अवसर दियो। तर नेपाल राष्ट्र बैंकले भने नेपाल भित्र रहेका भारु ५ सय र हजारका नोट व्यवस्थापन कसरि गर्ने भन्ने बारे अहिले सम्म कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छैन। नेपाल राष्ट्र बैंकले यसको उचित समाधान खोज्ने सर्वसाधारणले बिश्वास गरेका छन।
कालो धन नियन्त्रण गर्नका लागि बन्देज लगाइएको भारु ५ सय र हजारका नोटको विकल्पमा भारतमा प्रयोगमा ल्याउन लागिएको ५ सय र २ हजारको नोट कस्तो होला, यसका बिशेषता के होलान भन्ने जिज्ञासा भारतीय नागरिकमा बढेको छ। भारूको बढ्दो प्रयोगसंगै यसको जिज्ञासा नेपालमा समेत बढेर गएको छ।
नयाँ नोट कस्तो देखिन्छ, यिनमा र पहिलेका नोटहरूमा कस्तो भिन्नता छ भन्ने बारे केहि जानकारी यहाँ प्रस्तुत गर्न लागिएको छ। आउनुहोस, बुँदागत रुपमा नयाँ नोट बारे केहि जानकारी लिनुहोस्।
नयाँ ५ सय र २ हजारका नोटहरूको बिशेष बिशेसता
- नयाँ ५ सय रुपियाँको नोटको साइज 66mm*150mm हुनेछ।
- नोटहरुमा आरबीआईका गभर्नर उर्जित पटेलका हस्ताक्षर हुने छन्।
- नोटको पछाडी लाल किलाको तस्विर हुने छ।
- नोटको पछिल्लो भागमा 'स्वच्छ भारत अभियान' का लोगो हुनेछन।
- त्यस्तै, २००० रुपियाँका नोटहरु गुलाबी रंगका हुने छन्। यसमा पछाडी 'मंगलयान' को तस्विर हुने छ।
- २ हजारका नोटका आकार 66mm*166mm हुने छन।
- एजेन्सीका अनुसार सन १९३८ मा आरबिआई १० हजारका नोटहरु छाप्ने गर्दथ्यो जसलाई १९४६ मा बन्द गरिएको थियो। फेरी सन १९५४ मा १० हजार का नोट छाप्न सुरु गरियो तर यसलाई पनि सन १९७८ मा पुन: बन्द गरियो।
- ५ रुपियाँका नोट 'महात्मा गान्धी न्यु सिरिज अफ नोट्स' ले परिचित हुने छन। नोटका बीचमा महात्मा गान्धीको तस्विर हुने छन।
- ५ सयका नोटहरुमा हिन्दि भाषामा '५ सय रुपियाँ' लेखिने भएको छ। नोटका सिरियल नम्बरको फन्ट साइज समेत परिवर्तन गरिएको छ।
- पहिले यी नोटहरुमा नैनो टेक्नोलोजीको प्रयोग गरिएको चर्चा गरिएको थियो। र २ हजार रुपियाँका हरेक नोटमा एनजीसी (नैनो जीपीएस चिप ) जडान गरिएको हुने छ जसको मद्दतले नोटको लोकेशन पत्ता लाग्ने बताइएको थियो। तर बित्त मन्त्रि अरुण जेटलीले यसको खण्डन गर्दै नोटमा जीपीएस चिप लगाउने चर्चा गलत रहेको बताईसकेका छन।