अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चल्दा ५ जनाको ज्यान गएको छ । टेक्सासका पश्चिमी शहर ओडिसा र मिडल्यान्डमा शनिबार दिउँसो एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाएका थिए ।
बन्दुकधारीको आक्रमणबाट ५ को मृत्यु भएको र अन्य १६ घाइते भएको पुष्टि भएको छ । ओडेसाको अस्पतालमा उपचाररत घाइतेमध्ये ७ को अवस्था गम्भीर रहेको जनाईएको छ । प्रहरीले एक संकास्पद व्यक्तिलाई गोली हानेर मारेको छ ।