इरानको रिभोल्युसनरी गार्ड्सका कमान्डरले इरानमाथि आक्रमण गर्ने देशलाई मुख्य युद्धभूमि बनाइदिने चेतावनी दिएका छन् । कमान्डर होसेन सलामीले तेहरानमा पत्रकार सम्मेलन गर्दै आफ्नो भूमिलाई प्रमुख युद्धभूमि बनाउन चाहने मुलुकले आक्रमण गरे हुने तर प्रतिकार गरेर उही देशलाई मुख्य युद्धभूमी बनाईदिने चेतावनी दिए ।
अमेरिकाप्रति संकेत गर्दै उनले साउदी अरबका तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमणपछि यस्तो चेतावनी दिएका हुन् ।