पाकिस्तानको कराँचीबाट लाहोर गइरहेको रेलमा आगलागी हुँदा ६० जनाको मृत्यु भएको छ । बिहीबार भएको आगलागीमा अन्य दर्जनौं यात्रु घाइतेको बताईएको छ ।
तेजगाम एक्स्प्रेसको रेलमा यात्रुले खाजा बनाउदा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको रेल्वे अफिसले जानकारी दिएको छ । आगलागीका कारण रेलका ३ डब्बा जलेका छन् ।