नाइजेरियामा ‘लासा’ नामक ज्वरोबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ । नाइजेरियाको रोग नियन्त्रण केन्द्रले ज्वरोबाट ज्यान जानेको सङ्ख्या थप बढ्न सक्ने अनुमान गरेको छ । अस्पतालमा भर्ना भएका व्यक्तिको सङ्ख्या ४७२ जना छ ।
ज्वरोबाट देशका ३६ मध्ये २३ वटा प्रान्त प्रभावित भएका छन् ।