चीनमा कोरोनाको नयाँ भेरिएन्ट भेटिएको दाबी, चीन पुगेका भारतीय सहित नेपाली नागरिक पनि संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2021 | 11:41:11 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा देखिएको भनिएको कोरोना भाइरसको नयां भेरिएन्ट चीनमा पनि भटिएको त्यहाँका अधिकारीहरुले पुष्टि गरेका छन्।  भारतमा देखिएको नयाँ डबल म्युटेट भेरियन्ट भाइरस चीनमा भेटीएको खबर पश्चात त्यहाँ हाइअलर्ट जारी गरिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। 

चीनका अधिकारीहरुले बाहिरबाट आएका केहि मान्छेहरुमा कोरोना भाइरसको नयां भेरिएन्ट द्यज्ञटज्ञठ भेटीएपछि त्यहाँ सुरक्षा मापदण्ड तथा दैनिकीमा कडाई गरिएको छ। कोरोना भाइरसको यो नयाँ भेरिएन्ट सबैभन्दा पहिले भारतमा भेटिएकाले यसलाई भारतीय भेरिएन्ट समेत भन्ने गरिएको छ। 

यद्दपी बैज्ञानिकहरुमाझ नयाँ भेरिएन्टका कारण भारतमा यस प्रकारको अवस्था सृजना भएको हो वा अरु नै कारणले यस्तो हुन पुगेको हो भन्ने बिषयमा बहस जारी छ। चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेसन सिडीसी का प्रमुख वू ज़ुनयू ले पत्रकार  देखिएको नयाँ भेरिएन्ट चीनमा पनि भेटिएको पुष्टि गरेका छन् तर उनले चीनमा कति जनामा यो भेरिएन्ट देखिएको छ त्यसबारे नबताएको बिबिसीले जनाएको छ। 

चीनमा पनि भारतमा भेटिएको नयाँ भेरिएन्टको भाइरस देखिनु चिन्ताको बिषय भएको वू ज़ुनयूको भनाई रहेको छ। यद्दपी चीनको कुन शहरमा यो भेरिएन्ट देखिएको हो भन्नेबारे उनले बोल्न चाहेनन्। 

भारतमा कोरोनाको दोस्रो लहरबाट सृजनाभएको संकटले एक पटक भेरी सोच्न बाध्य बनाएर र नयाँ तहबाट चिन्ता थपेको वू ज़ुनयूले बताए। उनले यस भेरिएन्टका कारण सृजना भएको महामारीमाथि नियन्त्रण पाउन नसके ठुलो क्षती हुने चिन्ता समेत व्यक्त गरेका छन्। 

बिबिसीकाअनुसार हंगकंगबाट छापिने अंग्रेजी पत्रिका साउथ चाइना मर्निंग पोष्टले ३० अप्रिलमा आफ्नो एडिशनमा लेखिएको थियो,  २८ अप्रिलमा चीनको स्वास्थ्य अधिकारीले भनेका थिए कि भारतबाट आएका चार जना र नेपालबाट आएका एक जना व्यक्ति कोरोना संक्रमित पाइएको थियो तर संक्रमितमा देखिएको भाइरस नयाँ भेरिएन्ट थियो वा पुरानो थियो भन्नेबारे उनले स्पष्ट पारेनन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved