
बेलायतको बैंक अफ इङ्ल्यान्डले ब्याज दरमा ०.५ प्रतिशत बिन्दुले वृद्धि गरेको छ । जीवनयापनको लागत, सार्वजनिक क्षेत्रको हडताल र मन्दीको डरलाई बढावा दिने दोहोरो अङ्कको मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले बैंकले बिहीबार ब्याज दरमा ०.५ प्रतिशत बिन्दुले वृद्धि गरेको हो ।
यो कदमले बेलायतको मुख्य ब्याज दरलाई चार प्रतिशतमा धकेलेको छ। विश्व अर्थतन्त्रमा महामारीपछिको वृद्धि र युक्रेनमा रुसको युद्धका कारण मुद्रास्फीति ४० वर्षयताकै उच्च विन्दुमा पुगेपछि बेलायतको केन्द्रीय बैंकले लगातार १० पटक वृद्धि गरेको छ । बेलायती केन्द्रीय बैंकको लागि यो अन्तिम ठूलो दर वृद्धि हुन सक्ने अर्थशास्त्रीहरूको भनाइ छ ।
अमेरिकी फेडरल रिजर्भले आफ्नो प्रतिक्रियालाई कम गर्न सुरु गरिसकेको छ । अमेरिकाले आफ्नो प्रमुख ब्याज दरलाई बुधबार मात्र एक चौथाई बिन्दुले बढाएको थियो । यसैबीच, युरोपेली केन्द्रीय बैंकले बिहीबार ०.५ अङ्कको वृद्धि गरेको हो ।