बुधबार हराएको म्यानमारको सैनिकको बिमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सेनाले स्थानीय समय अनुसार बिहान ८ बजे विमानका केही भाग र दुई वयस्क तथा एक बालकको शव फेला परेको जनाउदै बिमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेको हो । सेनाले लाइफ ज्याकेट र लगेजहरू पनि छरिएर रहेको अवस्थामा भेटिएको जनाएको छ ।
११६ यात्रु बोकेको सैन्य बिमान बुधबार म्यानमारको बिमान मियाक र यांगोंन शहरको बीचमा सम्पर्क बिहिन भएको थियो । विमानमा चालक दलका ११ सदस्य सहित ११६ सवार थिए । जसमा १५ बालबालिका थिए ।
बिमानको खोजि कार्य जारि रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् । जलसेनाका नौ जहाजहरू र तीन विमानले अन्दमान सागरमा विमानको खोजी गरिरहेका छन् ।