भारतमा व्यक्तिगत कर्जामा अत्यन्त कडाइ, नयाँ व्यवस्थाले ब्याजदर बढ्ने विश्लेषण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2023 | 05:59:18 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले व्यक्तिगत कर्जामा कडाई गरेको छ । जोखिम बढेको विश्लेषण गर्दै केन्द्रीय बैंकले व्यक्तिगत कर्जाको जोखिम भार बढाएको छ। केन्द्रीय बैंकले बिना धितो लिइने कर्जाको जोखिम भार बढाएको हो। जस अनुसार अब वाणिज्य बैंक तथा गैर बंकिंग वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत कर्जामा जोखिम भार १०० प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्याईएको छ ।

त्यस्तै बैंकहरुले प्रदान गर्ने क्रेडिट कार्ड कर्जाको जोखिमभार १२५ प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याईएको छ । गैर बंकिंग वित्तीय संस्थाले प्रदान गर्ने क्रेडिट कार्ड कर्जाको जोखिमभार १०० प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्याईएको छ । त्यस्तै बैंकहरुले गैर बंकिंग वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको जोखिमभार पनि १०० प्रतिशतबाट १२५ प्रतिशत पुर्याईएको छ।

केन्द्रीय बैंकको यस निर्देशनले बैंकहरुको पुंजी पर्यापता अनुपातमा असर पुग्ने बताईएको छ । केन्द्रिय बैंकको निर्देशन संगै अब बैंकहरुले व्यक्तिगत कर्जा दिनको लागि थप पुंजीको व्यवस्था गर्नु पर्ने हुन्छ । यसले कर्जाको ब्याज पनि बढ्ने बताईएको छ।

देशको कुल कर्जाको वृद्धि १४ प्रतिशत मात्र रहेको तर बिना धितोको कर्जा २३ प्रतिशत बढेको र क्रेडिट कार्ड कर्जा ३० प्रतिशतले बढेपछि केन्द्रीय बैंकले यो नियम ल्याएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतीय संचारमाध्यमका अनुसार केन्द्रीय बैंकका गभर्नरले यस अघि नै पटक पटक बिना धितोको कर्जाको आकार अस्वभाविक रुपमा बढेको भन्दै बैंकहरुलाई यसबारे पटक पटक चेतावनी दिएका थिए। बिना धितोको कर्जाको कारण बैंकहरुको खराब कर्जा अनुपात ह्वात्तै बढ्ने चेतावनी गभर्नरले पटक पटक दिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved