ब्रिक्समा ५ देश थपिए, विश्वको ४१ प्रतिशत तेल ब्रिक्सको 'कब्जा'मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2024 | 09:16:52 AM मा प्रकाशित

laxmi  sunrise bank

उदीयमान राष्ट्रको सङ्गठन ब्रिक्समा छ सदस्य थपिएका छन् ।  ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्समा थप ५  देश थपिएका हुन् ।

 अरब गणतन्त्र इजिप्ट, सङ्घीय लोकतान्त्रिक गणतन्त्र इथियोपिया, इस्लामिक गणतन्त्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स ब्रिक्समा आवद्द भएका हुन्  ।जनवरी १ देखि यी राष्ट्र सङ्गठनमा औपचारिक रुपमा आबद्ध भएका हुन् ।  

गत अगस्टमा सम्पन्न ब्रिक्स सम्मेलनले यी देशलाई ब्रिक्समा आवद्द गराउने निर्णय गरेको थियो  । सोहि निर्णय जनवरी १ बाट कार्यान्वयनमा आएको हो  । 

सो समय अर्जेन्टिनालाई पनि ब्रिक्समा आवद्द गर्ने निर्णय भएकोमा अन्तिम समयमा आएर अर्जेन्टिनाले ब्रिक्समा आवद्द नहुने निर्णय गरेको हो  ।  अर्जेन्टिनाका राष्ट्रपतिले ब्रिक्सलाई पत्र लेख्दै ब्रिक्समा आवद्द नहुने बताएका हुन्  । 

नयाँ ५ देश थपिएसंगै अब ब्रिक्सले विश्वको ४१ प्रतिशत तेल उत्पादन कन्ट्रोल गर्ने अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स थपिएपछि विश्वका ९ ठुला तेल उत्पादन गर्ने देश मध्ये ६ वटा ब्रिक्स सदस्य भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved