विश्व बजारमा बढ्यो तेलको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2024 | 03:23:39 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । लाल सागर भएर हिड्ने तेल ढुवानी गर्ने जहाजलाई लक्षित गरेर हुथी विद्रोहीहरूले गरेको आक्रमणपछि कच्चा तेलको भाउ बढेको हो ।

उक्त आक्रमणको प्रतिकारमा अमेरिका र बेलायतले यमनलाई धम्की दिएपछि तेलको भाउ २ प्रतिशतले बढेको हो ।

शुक्रबार लन्डनस्थित आईसी एक्सचेञ्जमा तेलको भाउ २ प्रतिशतले बढेर प्रतिब्यारेल ७८ डलर ९४ सेन्टमा पुगेको छ । न्यूयोर्कस्थित मर्कन्टाइल एक्सचेञ्जमा पनि तेलको भाउ पनि २.१ प्रतिशतले बढेर ७३ डलर ५५ सेन्ट पुगेको छ ।

योसँगै लगातार २ दिन तेलको भाउ बढेको हो । 

लाल सागरमा हुथी बिद्रोहीले आक्रमण गरेपछि मुख्य व्यापारिक मार्गबाट हुने अन्तराष्ट्रिय व्यापार अवरुद्ध बनेको छ । ढुवानी कम्पनीहरूले लाल सागरको बाटो हुँदै ढुवानी बन्द गर्ने घोषणा गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved