डब्लुईएफको अन्तराष्ट्रिय फोरममा सहभागिता जनाउने निजी क्षेत्रको पहिलो व्यक्ति बने निर्वाण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2024 | 10:53:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली अर्बपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले विश्व आर्थिक मञ्च (डब्लुईएफ) को कार्यक्रममा प्यानल डिस्कसनमा सहभागिता जनाएका छन्। यस संगै उनी  विश्वप्रसिद्ध यो कार्यक्रममा बोल्ने  निजी क्षेत्रको पहिलो नेपाली बन्न सफल भएका छन् । नेपाली उद्योगपतिले त्यहाँ स्थान पाउनुले यो नेपाली जनता तथा उद्योगपतिको लागि पनि गर्वको विषय बनेको उनले उल्लेख गरेका छन्। 

 स्विट्जरल्याण्डको दाभोसमा आयोजित विश्व आर्थिक मंच (WEF) मा बोल्ने पहिलो नेपाली निजी क्षेत्रका प्रतिनिधि भएका चौधरीले नेपाललाई एक महत्त्वपूर्ण वैश्विक संवादमा सामेल गराएको र उनले विकासशील अर्थतन्त्रहरूका युवा नेताहरूको सम्भावना र महत्वाकांक्षाको पनि प्रदर्शन गरेको चौधरी ग्रुपले जनाएको छ। 

उक्त कार्यक्रममा चौधरीले बोल्दै नेपालको हिमालय क्षेत्रबाट विश्वको धेरै जनसंख्या नेपालको हिमालयको पानीमा निर्भर रहेको देश नेपाल भएकोमा नेपाललाई विश्वले गर्व गर्नुपर्ने विषयवस्तु उठाएका छन् । उनले एक लाख दश हजार मेगावाट विद्युत उत्पादन क्षमता राख्ने हामी अहिले २, ३ हजार मेगावाटमा सिमित रहेको बताए। हाम्रो हिमालमा स्टोर भएको पानिले करिव दुई अर्ब जनसंख्यालाई  जीवन दिन नेपाल सक्षम भएको कुरालाई पनि चौधरीले जोड दिएका थिए । 

विश्वका सबैभन्दा प्रभावशाली राजनीतिक, व्यापारिक, र सांस्कृतिक नेताहरूलाई एकत्रित गर्ने सम्मेलनरुपमा विश्व आर्थिक मंचको सम्मेलनलाई लिईन्छ । जुन सम्मेलनमा नेपालका चौधरीलाई नेपालको बढ्दो निजी क्षेत्र र वैश्विक आर्थिक प्रवृत्तिहरूमा यसको सम्भावित भूमिकाबारे धारणा साझेदारी गर्ने एक मंच प्रदान गर्‍यो। उनको उपस्थिति र योगदानले दक्षिण एसियाली बजारहरूको बढ्दो महत्व र समावेशी वैश्विक आर्थिक छलफलको आवश्यकतालाई उजागर गरेको थियो।

दाभोसमा भएको डब्लुईएफमा चौधरीको सहभागिताले  चौधरीको लागि मात्र होईन्, सीङ्गो नेपालको लागि एक महत्त्वपूर्ण माइलस्टोन साबित भएको चौधरी ग्रुपले जनाएको छ । चौधरी ग्रुपले भनेको छ 'विश्व आर्थिक मंच (WEF) मा चौधरीको सहभागिताले नेपालको लागि एक महत्त्वपूर्ण माइलस्टोन स्थापित गरेको छ। यस मंचले विश्वभरिका प्रभावशाली राजनीतिक, व्यापारिक, र सांस्कृतिक नेताहरूलाई एकत्र गर्दछ, र चौधरीले नेपालको बढ्दो निजी क्षेत्र र विश्व अर्थतन्त्रमा यसको सम्भावित भूमिकाबारे आफ्नो दृष्टिकोण साझा गर्ने मौका प्राप्त गरे। उनको उपस्थिति र योगदानले दक्षिण एसियाली बजारहरूको बढ्दो महत्व र समावेशी वैश्विक आर्थिक छलफलको आवश्यकतालाई उजागर गरेको छ। '

चौधरी समूहको नेतृत्वमा रहेका युवा अर्बपतिले माइक्रोसफ्टका सह-संस्थापक र परोपकारी बिल गेट्स, एशियाकै धनाड्य गौतम अदानी, डेलका सञ्चालक आदिसँग मञ्च सेयर गर्न सफल भएका छन् । निर्वाण चौधरी, चौधरी समूहका प्रबन्ध निर्देशक हुन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved