हङकङलाई उछिन्दै भारतको शेयरबजार बन्यो विश्वको चौथो ठूलो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2024 | 09:38:04 AM मा प्रकाशित

laxmi  sunrise bank

हङकङलाई उछिन्दै भारतको शेयरबजार  विश्वको चौथो ठूलो बजार बनेको छ । ब्लुमबर्गका अनुसार बजार पुँजीकरणको आधारमा भारतको शेयरबजारले इतिहास मै पहिलो पटक हङकङको शेयर बजारलाई उछिनेको हो।

सोमबार बेलुका बजार बन्द हुँदा भारतको शेयर बजारमा सुचिकृत कम्पनीहरुको बजार पुँजीकरण ४.३३ ट्रिलीयन डलर पुगेको ब्लुमबर्गले जनाएको छ। ब्लुमबर्गका अनुसार हङकङको बजारको पुँजीकरण भने  ४.२९ ट्रिलीयन डलर रहेको छ । गत डिसेम्बर ५ मा मात्र भारतको पुँजीबजारको बजार पुँजीकरण ४ ट्रिलीयन डलर पुगेको थियो। पछिल्लो ४ वर्ष मै भारतको बजार पुँजीकरण दोब्बर भएको ब्लुमबर्गले जनाएको छ ।

खुद्रा लगानीकर्ताको संख्या बढ्दै गएको, विदेशी संस्थागत लगानीकर्ताहरु बढिरहेको, भारतको बलियो आर्थिक आधार, लगानीमैत्री वातावरण र कर्पोरेट क्षेत्रको बढ्दो आम्दानीको कारण पछिल्लो समय भारतीय बजारमा उछाल आईरहेको ब्लुमबर्गले उल्लेख गरेको छ ।

यस बाहेक भारतले आफ्नो स्थिर राजनीतिक सेटअप देखाएर विश्वका अन्य देशबाट ताजा पुँजी लगानीको रुपमा ल्याउन सफल भयेको र लगानीको लागि चीनको विकल्पको रुपमा आफुलाई उभ्याएको ब्लुमबर्गको समाचारमा उल्लेख छ । सन् २०२३ मा मात्र विदेशी फण्डहरुले भारतको बजारमा २१ बिलियन डलर लगानी गरेको बताइएको छ । जुन २७ खर्ब २३ अर्ब नेपाली रुपैयाँ बराबर हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved