भारतमा बिहिबार अन्तरिम बजेट पेश हुँदै, किन नआउने भयो पूर्ण बजेट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2024 | 10:02:30 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार छिमेकि मुलुक भारतमा अन्तरिम बजेट पेश हुँदै छ। भारतको केन्द्र सरकारकी वित्त मन्त्री निर्मला सितारमणले आफ्नो छैठौ बजेट पेश गर्ने छिन् ।

उनले आर्थिक वर्ष २०२४/२५ को बजेट गर्ने भएकी हुन् । जुन अप्रिल १ तारिख देखि लागु हुने छ ।

तर यो पूर्ण बजेट नभई अन्तरिम बजेट मात्र हुने छ । भारतमा यो वर्ष संसदीय चुनाव अर्थात् भारतको लोक सभा निर्वाचन हुँदै छ । सोलोक सभा निर्वाचन पश्चात गठन हुने सरकारले पूर्ण बजेट ल्याउने भएकोले चुनाव भई नयाँ सरकार गठन नहुँदासम्मको लागि अन्तरिम बजेट ल्याउन लागिएको हो ।

अन्तरिम बजेटमा मतदातालाई प्रभावित पार्ने गरि कुनै पनि खालका घोषणा वा योजना सार्वजनिक गर्न पाइने छैन । त्यहाँको निर्वाचन आयोगले अन्तरिम बजेट मार्फत मतदातालाई प्रभावित पार्ने गरि कुनै पनि खालका घोषणा वा योजना सार्वजनिक गर्न रोक लगाएको छ । करको दर पनि हेरफेर गर्न पाइने छैन । तर मोदी सरकारले पूर्वाधारमा ठूलो लगानी घोषणा गर्न सक्ने र आर्थिक स्थायीत्व हुने खालका योजना ल्याउन सक्ने बताइएको छ ।

अन्तरिम बजेट भएकोले बजेट अगाडी सर्वजनिक गरिने आर्थिक सर्वेक्षण पनि सार्वजनिक नहुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतमा आगामी अप्रिल देखि मे महिनासम्म लोक सभाको निर्वाचन हुने छ । त्यसपछि नयाँ सरकार बनेर आगामी जुलाईमा पूर्ण बजेट आउने बताईएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved