बत्ती सानो भएपछि टेस्लाका २२ लाख गाडी फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2024 | 07:54:53 PM मा प्रकाशित

laxmi  sunrise bank

उपकरण प्यानलमा केही चेतावनी बत्ती धेरै सानो भएकाले टेस्लाले अमेरिकामा बिक्री गरिएका लगभग सबै २२ लाख सवारी फिर्ता गरिरहेको छ । अमेरिकी सुरक्षा नियामकहरूले शुक्रबार पोस्ट गरेको कागजातमा अनलाइन सफ्टवेयर अपडेटका साथ सवारी फिर्ता लिने बताइएको छ ।

यसमा सन् २०१२ देखि सन् २०२३ को मोडल एस, सन् २०१६ देखि सन् २०२३ को मोडल एक्स, सन् २०१७ देखि सन् २०२३ को मोडल ३, सन् २०१९ देखि सन् २०४ को मोडल वाई र सन् २०२४ को साइबरट्रक समावेश छन् ।

ब्रेक, पार्क र एन्टिलक ब्रेक चेतावनी बत्तीहरूको फन्ट आकार सङ्घीय सुरक्षा मापदण्डहरूको अपेक्षामा साना भएको जनाएइको छ । यसबाट महत्त्वपूर्ण सुरक्षा जानकारी पढ्न कठिन हुनसक्ने र दुर्घटनाको खतरा बढ्नसक्ने बताइएको छ । 

टेस्लाले पहिला नै सफ्टवेयर अपडेट जारी गर्न सुरु गरिसकेको छ र सवारी धनीहरूलाई मार्च ३० देखि पत्रद्वारा सूचित गरिने जनाएको छ । एनएचटिएसका अनुसार जनवरी ८ मा नियमित सुरक्षा पालना अडिटमा समस्या थाहा भएको हो ।  

टेस्लाले सम्भावितरूपमा समस्यासँग सम्बन्धित तीन वटा वारेन्टी दावी पहिचान गरेको छ तर दुर्घटना वा चोटपटकको कुनै रिपोर्ट छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved