अमेरिकाभरि टिकटक बन्द गराउन सक्ने विधेयक पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 06:21:03 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटीभ्सले एउटा महत्त्वपूर्ण विधेयक पारित गरेको छ जसले अमेरिकामा सामाजिक सञ्जाल टिकटक बन्द गराउन सक्छ। विधेयकले टिकटकको चिनियाँ माऊ कम्पनी बाइटड्यान्सलाई वर्चस्व प्रदान गर्ने उसको हिस्सा विक्री गर्न ६ महिनाको समय दिने र त्यसो नगरिए अमेरिकामा उक्त एप बन्द गराउने प्रस्ताव गरेको छ।

रिपब्लिकन र डेमोक्र्याट दुवैको सहमतिमा गरिएको मतदानमा व्यापक सहभागिता रह्यो। उक्त विधेयकलाई अब माथिल्लो सदन सिनेटले पारित गर्नुपर्छ र राष्ट्रपतिले हस्ताक्षर गरेपछि त्यो कानुन बन्नेछ। लामो समयदेखि चासो

टिकटकमाथि चिनियाँ प्रभावलाई लिएर अमेरिकी सांसदहरूले लामो समयदेखि चासो व्यक्त गर्दै आएका छन्। सन् २०१२ मा स्थापित चिनियाँ कम्पनी बाइटड्यान्सको स्वामित्वमा टिकटक छ।बेइजिङमा अवस्थित उक्त कम्पनी केम्यान टापुमा दर्ता भएको छ जसका कार्यालय युरोप र अमेरिकाभरि रहेका छन्। उक्त विधेयकलाई सिनेटले पनि पारित गर्नासाथ आफूले अविलम्ब त्यसमा हस्ताक्षर गर्ने राष्ट्रपति जो बाइड नले प्रतिबद्धता जनाएका छन्।

र, त्यसो हुनासाथ अमेरिका र चीनबीच कूटनीतिक तिक्तता निम्तिन सक्छ। बाइटड्यान्सले बाध्यतामक रूपमा स्वामित्व बेच्न अथवा कम्पनी बन्द गर्नका लागि चिनियाँ सरकारको अनुमति लिनुपर्ने हुन्छ जुन कदमलाई रोक्ने बेइजिङले बताउने गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले टिकटक बन्द गराउने कदम “अमेरिकाका लागि प्रत्युत्पादक हुने” चेतावनी दिएका छन्। विधेयकका सहलेखक रिपब्लिकन माइक गालहरले “चिनियाँ कम्युनिस्ट पार्टीप्रति वफादार अथवा उसको नियन्त्रणमा रहेको कम्पनीको दबदबापूर्ण एउटा समाचार प्लेटफर्मलाई अमेरिकामा रहन दिने जोखिम लिन नसकिने” बताएका छन्। चिनियाँ कम्पनीहरू राष्ट्रिय सुरक्षा कानुनसँग आकर्षित हुन्छन् जसले सरकारको आग्रहमा डेटाहरू साझा गर्नुपर्छ।

विवादमा पर्नुको कारण

चिनियाँ सरकारले अमेरिकी नेतृत्वबारे शङ्काको बीजारोपण गर्न तथा प्रजातन्त्रलाई कमजोर बनाउन टिकटकलाई प्रयोग गरेको भनी अमेरिकी गुप्तचर समूहले चेतावनी दिएको छ।अमेरिकाको अफिस अफ द डाइरेक्टर अफ न्याश्नल इन्टेलिजन्सले सोमवार सार्वजनिक गरेको सुरक्षा चुनौतीसम्बन्धी वार्षिक प्रतिवेदनमा चिनियाँ सरकारका प्रोपागान्डा फैलाउने औजारका रूपमा टिकटक खाताले "सन् २०२२ मा राष्ट्रपतीय चुनावको मध्यावधि चक्रमा दुवै राजनीतिक दलका उम्मेदवारहरूलाई तारो बनाएको बताइएको" उल्लेख छ।

आउँदो नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुन लाागेको सन्दर्भमा टिकटक मात्र नभई सबै सामाजिक सञ्जालमा राजनीतिक निगरानी बढ्ने अपेक्षा गरिएको छ।सन् २०२० मा ट्रम्प र बाइडनबीच राष्ट्रपतीय निर्वाचन हुने बेला पनि टिकटकलाई बिक्री गराउने वा प्रतिबन्ध लगाउने मागसहित अभियान चलेको थियो।

त्यतिबेला अमेरिकी अधिकारीहरूले चिनियाँ प्रविधि कम्पनी बाइट्ड्यान्ससँग भएको डेटा चिनियाँ सरकारसम्म पुग्न सक्ने बताएका थिए। टिकटकका अधिकारीहरूले चाहिँ आफूले चिनियाँ सरकारलाई कुनै डेटा उपलब्ध नगराउने र यस्तो डेटा मागेको अवस्थामा पनि अस्वीकार गर्ने बताएका छन्।

अघिल्लो चुनावको केही महिनाअघि तत्कालीन राष्ट्रपति ट्रम्पले बाइट्ड्यान्सलाई ९० दिनभित्र टिकटक बेच्न कार्यकारी आदेश दिए पनि कानुनी चुनौतीका कारण त्यो कार्यान्वयन भएको थिएन।

- बिबिसिको सहयोगमा 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved