भारतमा पेट्रोल तथा डिजेलको मुल्य घट्यो, नेपालमा कस्तो पर्छ असर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 06:37:47 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा पेट्रोलियम पदार्थको मुल्य घटेको छ। आज मध्यरातिदेखि लागू हुने गरि भारतका तेल कम्पनीहरुले पेट्रोलियम पदार्थको मुल्य घटाएको त्यहाँका संचार माध्यमहरुले जनाएका छन्। त्यहाँका संचार माध्यमहरुले भारतको पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयलाई उद्र्त गर्दै भारतका बिभिन्न राज्य तथा शहरहरुमा पेट्रोलियम पेट्रोल तथा डिजेलको मुल्य प्रति लिटर तीन रुपैयाँसम्मले घटेको जनाएका छन्। 

पेट्रोलियम मुल्यमा आएको गिरावटका कारण भारतका उपभोक्ताको तर्फबाट हुने खर्चमा राहत मिल्ने अपेक्षा गरिएको छ। मुल्य घटेका कारण ५८ लाख चार पांग्रे तथा २७ करोड मोटरसाइकल तथा स्कुटर संचालनको खर्च कम हुने अपेक्षा गरिएको छ। 

मुल्यमा आएको संसोधन पश्चात पेट्रोलको मुल्य दिल्लीमा भारु ९६.७२ रुपे प्रति लिटरबाट अब ९४.७२, मुम्बईमा १०६.३१ रुपे प्रति लिटरबाट १०४.२१,, कलकत्तामा १०६.०३ बाट १०३.९४ र चेन्नईमा १०२.६३ बाट १००.७५ रुपे प्रति लिटर कायम गरिएको छ।  

नेपाल आयल निगमले पनि नेपालमा स्वचालित मुल्य कायम गर्ने गरेकाले भारतमा मुल्यमा आएको गिरावटको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिने गरेको छ। भारतमा पेट्रोल तथा डिजेलको मुल्य घटाईएको कारण नेपालमा पनि आगामी दिनमा मुल्य घट्ने विस्वास गर्न सकिन्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved