
कतारी अमिर शेख तमिम बिन हमाद अल थानी आगामी साता नेपाल भ्रमण गर्दैछन। कतारी अमिर थानीको नेपाल भ्रमणलाई उच्च प्राथमिकतामा राखिएको र त्यहिअनुसार तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यहि बैशाख ११ र १२ गते हुन लागिरहेको कतार अमिरको नेपाल भ्रमण मध्यपूर्वबाट नेपालमा हुने हालसम्मकै सबैभन्दा उच्च तहको भ्रमण भएकाले यसलाई सफल पार्नेगरि तयारी अगाडी बढिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
एप्रिल २४ गतेदेखि हुने भनिएको दुई दिने भ्रमणका क्रममा नेपाल र कतारले सन् २००५ मा भएको श्रम सम्झौतालाई अद्यावधिक गर्दै नवीकरण गर्न सक्ने बताइएको छ।
त्यस्तै कतार अमिरको नेपाल भ्रमणको क्रममा नेपाल र कतारबीच १९ वर्षअघि सन् २००५ मा भएको श्रम सम्झौतालाई परिमार्जन गरेर त्यसमा सम्झौता गर्ने लगायतका केहि महत्त्वपूर्ण बिषयमा हस्ताक्षर हुन सक्ने बताइएको छ। त्यस्तै नेपालका केहि महत्त्वपूर्ण परियोजनामा लगानीको लागि हस्ताक्षर हुने सम्भावना बढी रहेको बताईएको छ।
बैशाख ११ गते नेपाल आएर बैशाख १२ गते फर्किने गरि नेपाल भ्रमणमा आउँन लागेका कतारी अमिरको नेपाल भ्रमणको टोलीमा कतारका परराष्ट्र राज्यमन्त्री, कतार चेम्बर अफ कमर्शका प्रतिनिधि लगायत रहने बताइएको छ।