अमिरको उपस्थितिमा कतार र बंगलादेशबीच एक दर्जन सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2024 | 03:24:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको उपस्थितिमा कतार र बंगलादेशसँग विभिन्न सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ । बंगलादेशको औपचारिक भ्रमणको क्रममा कतारका अमिर थानी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको उपस्थितिमा दुई देशबीच विभिन्न सम्झौता र समझदारी भएको हो ।

गल्फ टाइम्सका अनुसार दुई देश बीच कूटनीतिक तालिमको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। त्यस्तै  लगानीको संरक्षण र प्रोत्साहनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।  त्यस्तै उच्च शिक्षा, वैज्ञानिक अनुसन्धानमा सहयोगको लागि समझदारी पत्रमा हस्ताक्षर भएको तथा खेलकुद र युवाको क्षेत्रमा सहयोगको लागि समझदारी पत्रमा हस्ताक्षर भएको गल्फ टाइम्सले जनाएको छ । यी बाहेक दोहोरो कर उन्मुक्ति, कर छली, वित्तीय चोरीको रोकथाम, र कानुनी क्षेत्रमा सहयोगको सम्झौता भएको बताईएको छ।

दुई देश बीच श्रम क्षेत्रमा सहकार्य गर्ने समझदारी, सामुद्रिक यातायात सम्झौता,  र बन्दरगाहको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बंगलादेश  र कतारबीच 'कतार-बंगलादेश ब्यापार परिषद' स्थापना गर्ने सझौता पनि भएको बताईएको छ । 

कतारका अमिर फिलिपिन्सको भ्रमण सकेर सोमबार बंगलादेश पुगेका हुन् । उनी बंगलादेशबाट आज मंगलबार साँझ काठमाडौँ आईपुग्ने कार्यक्रम छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved