हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2024 | 01:41:48 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन एभरेष्ट इन्स्योरेन्सले देशैभर कर्मचारी माग गरेको छ । कम्पनीले सुदुरपूर्वदेखि सुदुरपश्चिमसम्मका शाखाका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले प्रदेश कार्यालय प्रमुखदेखि विभिन्न शाखाको सहायकसम्म एक दर्जन भन्दा बढी कर्मचारी माग गरेको हो ।

कम्पनीले मधेश प्रदेश कार्यलयको प्रमुखका लागि आवेदन आह्वान गरेको छ । कम्पनीले जारी गरेको सूचना अनुसार प्रदेश प्रमुखका लागि व्यवस्थापन विषयमा कम्तिमा स्नातक हासिल गरेको वा सो सरह शैक्षिक योग्यता आवश्यक पर्दछ । त्यसैगरी, निर्जीवन बीमा क्षेत्रमा व्यवस्थापकिय पदमा कम्तिमा ३ वर्ष काम गरेको हुनुपर्ने छ । 

यसैगरी, कम्पनीले काठमाडौँ, विराटनगर, ईटहरी, बिरगंज, जनकपुर, पोखरा, दमौली, बुटवल, बर्दिया, कोहलपुर, नेपालगंज, घोराही र सुर्खेत शाखाका लागि सहायकदेखि व्यवस्थापकीय पदका लागि कर्मचारी माग गरेको हो । जसमा व्यवस्थापन वा सो सरह कुनै विषयमा स्नातक अध्ययन गरिरहेकोले पनि आवेदन दिन सक्ने जनाइएको छ । मे ७ तारिख अर्थात वैशाख २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

हेर्नुस् सूचना 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved