माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले दुवईस्थित माश्रिक बैंकबाट १ अर्व भन्दा बढि रकम नेपाल ल्याउने भएको छ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा माश्रिक बैंकका नेपालका लागि प्रमुख देशिय प्रतिनिधि हेमा अधिकारीले रकम नेपाल ल्याउने सम्झौतामा हस्ताक्षर गरेका हुन्।
उक्त रकम नेपाल ल्याउन नेपाल राष्ट्र बैंकमा समेत स्वीकृतीको लागि निवेदन पेश गरिएको बैंकले जनाएको छ । स्वीकृती लगत्तै बैंकले उक्त रकम नेपाल भित्र्याउनेछ । बैंकले उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी बताएको छ ।