सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 07:55:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घार्थ बैंकले पृथ्वी दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वैशाख १० गते उक्त दिवसको दिन विभिन्न कार्यक्रम गरेको जनाएको छ । 

दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने र वातावरणीय समस्याहरुको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरुका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको बैंकले उल्लेख गरेको छ । बैंकले यस दिवसको अवसरमा सरसफाई र चित्रकला प्रतियोगिता जस्ता कार्यक्रमहरु आयोजना गरेको थियो ।

सरसफाई कार्यक्रम अन्तर्गत देशको सातै प्रदेशका कुल १५ विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता

रहेको थियो । साथै, बैंकले बालबालिकाहरुलाई सानै उमेरमा प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीहरुको बारेसचेत गराउने उद्देश्यले पृथ्वी दिवस २०२४ को नारा ‘‘Planet vs Plastic’ मा चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो । यस्ता कार्यक्रमहरुले पृथ्वीमा दिनानुदिन बढ्दै गएको प्लास्टिकको प्रयोगका साथै प्रदुषणबाट पर्ने नकारात्मक असरको बारेमा जनचेतना

फैलाइ जनमानसमा वातावरण स्वच्छ र सफा राख्न समेत प्रेरित गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

बैंकले देशैभरी फैलिएको आफ्ना १९६ वटा शाखा, ५ वटा एक्स्टेन्सन् काउन्ट र सहित, ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ वटा एटिएम मार्फत सेवा दिइदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved