जलविद्युत आयोजना अध्ययनको लागि १ अर्ब छुट्याइयो, कुनमा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2020 | 03:41:31 PM मा प्रकाशित

laxmi  sunrise bank

उर्जा मन्त्रालयले आगामी आर्थिक वर्षमा जलविद्युत आयोजना अध्ययनको लागि झन्डै १ अर्ब खर्चने भएको छ । मन्त्रालयले जलविद्युत आयोजना अध्ययन शिर्षकमा २३ कार्यकमको लागि ९९ करोड ३ लाख रकम बिनियोजन गरेको हो ।

जस मध्ये सबै भन्दा धेरै बजेट सुनकोशी जलविद्युत आयोजना दोस्रो र तेस्रोको लागि छ । यी २ आयोजना अध्ययनको लागि १९ करोड ९९ लाख ८६ हजार छुट्याइएको छ । त्यस्तै २४५ मेगावाटको नौमुरे बहुउदेश्यीय जलविद्युत आयोजनाको लागि १५ करोड ५८ लाख र ३ सय मेगावाटको सेती ६ जलविद्युत आयोजना अध्ययनको लागि १० करोड ७७ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै विद्युत आयोजनाहरुको अध्यन र पहिचानको लागि ५५ लाख, जलविद्युत सम्बन्धि तालिमको लागि २० लाख , दिर्घकालिन जलविज्ञान अनुमानको लागि ५० लाख र विद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन शिर्षकमा १ करोड ५० बजेट बिनियोजन भएको छ । 

हेर्नुस के मा कति ? 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved