ट्रंपले सुकुम्बासी नदेखुन भनेर मोदीले रातारात बनाए ७ फिट अग्लो पर्खाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 01:21:39 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी पाहुनाहरुलाई राम्रो मात्र  देखाउने प्रयत्न नेपालमा मात्र नभई भारतमा पनि हुने गरेको छ  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप भारत आउने भएपछि ट्रंपले सुकुम्बासी वस्ती नदेखुन भनेर भारतले रातारात पर्खाल बनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरातमा सुकुम्वासीलाई लुकाउन पर्खाल निर्माण गरिएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । गुजरातको अहदावाद नगर निगमले ट्रंप हिड्नेबाटोको छेउमा पर्ने सुकुम्बासी लुकाउन आधा किलोमिटर लम्बाई र ७ फिट उचाईको पर्खाल बनाएको हो । निगमले सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल र इन्दिरा पुलसम्मको बाटोमा पर्खाल लगाएको हो । ट्रंप र मोदी त्यहि बाटो हुदै भारतले हालै निर्माण सम्पन्न गरेको सबै भन्दा धेरै दर्शक क्षमताको रंगशाला उद्घाटन गर्न जाने कार्यक्रम छ । पर्खाल लगाएपछि त्यस रुटमा बिरुवा रोप्ने योजना पनि रहेको निगमले जनाएको छ ।

पर्खाल लगाएर लुकाउन खोजिएको क्षेत्रमा २५०० साना कच्ची घरमा २५०० बढी सुकुम्बासी भएको जनाईएको छ । पर्खाल बनाईएपछि भारतीय कार्टुनिष्ट सतिश आचार्यले कार्टुन मार्फत त्यस माथि ब्यङ्ग गरेका छन् । 

ट्रंपले फेब्रुअरी २४ र २५ मा भारत भ्रमण गर्न लागेका हुन् । यो ट्रंपको पहिलो भारत भ्रमण समेत हो । 


सतिश आचार्यको कार्टुन 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved