उद्योग वाणिज्य संघ काठमाडौँले अर्थमन्त्रीलाई भन्यो, ‘सहकारी पुर्नस्थापना प्याकेज घोषणा गरियोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2024 | 11:35:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले अर्थमन्त्री वर्षमान पुनसँग भेट गरि मुलुकको वर्तमान आर्थिक अवस्थाबारे छलफल गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि सुझाव दिएको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा अर्थमन्त्री पुनसँग भेट गर्न गएको उद्योग वाणिज्य संघ काठमाडौँको टोलीले मुख्यगरि ६ बुँदे माग राखेको छ । 

खुद्रा व्यवसायीलाई २ करोड सम्मको थ्रेसहोल्ड दिइनुपर्ने, शक्तिशाली कर फर्छयौट आयोग बनाउनुपर्ने वा आर्थिक ऐनमा नै कर छुटको सुबिधा दिइनुपर्ने र कम्पनी ‘एक्जिट पोलिसी’मा सहज वातावरण गरिनुपर्ने संघको माग छ । यस्तै, एकद्वार प्रणालीमा दर्ता सहजीकरण, केन्द्रीय बिजक अनुगमन प्रणाली (सीबीएमएस), भीसीटीएस र आशिकोडामा एकरुपता कायम गरिनुपर्ने (एक ठाउँमा मात्रै) र ७ खर्ब हाराहारी पूँजी परिचालन गरेको सहकारी क्षेत्रको पुर्नस्थापना गर्न ‘सहकारी पुर्नस्थापना प्याकेज’ घोषणा गरिनुपर्ने संघले माग गरेको छ । 

भेटमा अध्यक्ष श्रेष्ठसहित उपाध्यक्षद्वय जय शिवाकोटी र राजेन्द्र सेरचन, महासचिव दुर्गा राज श्रेष्ठ र कोषाध्यक्ष प्रदीप मान प्रधान पनि सहभागी थिए । संघका कार्यसमिति सदस्यहरु प्रेमहरी मैनाली, उज्ज्वल जंग शाह र  कुसन प्रधान पनि साथमा रहेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved