लघुवित्तको सेयरमा चलखेल गर्नेहरु राष्ट्र बैंकको निगरानीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 11:47:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर ड़ा चिरिन्जीबी नेपालले लघुवित्तका गतिबिधिहरुलाई राष्ट्र बैंकले नजिकबाट नियालिरहेको बताएका छन। लघुवित्तको सेयर मुल्यमा म्यानुपुलेशन गर्नेहरु आफुहरुको निगरानीमा रहेको बताउदै चनाखो भएर सहि तरिकाले काम गर्न गभर्नर नेपालले निर्देशन दिएका छन। 

गभर्नर नेपालले भने, 'एकै घरका श्रीमान, श्रीमती, छोरा, छोरीको नाममा २०-२५ करोडको लघुवित्त खोल्ने, बजारमा मर्जरको हल्ला पिट्ने अनि ४-५ हजारमा सेयर बेच्ने काम भईरहेको छ, लघुवित्त कम्पनीहरको सेयर मूल्य अस्वभाविक देखिएको छ, चनाखो भएर काम गर्नुहोस, तपाईहरुका गतिबिधिलाई राष्ट्र बैंकले निगरानीमा राखेको छ।'

उनले अघि भने, '८ अर्ब चुक्ता पुंजी भएको बाणिज्य बैंकको सेयरको मुल्य २-३ सय रुपैयाँ हुने अनि गरिब बिपन्न परिवारलाई कर्जा दिन्छु, तिनीहरुको जीवनस्तर उकास्छु भनेर २०-२५ करोडमा खोलिएका लघुवित्तको सेयर ४-५ हजार रुपैयाँ हुने, यो कसरि सम्भव छ?'    

लघुवित्तका संचालकहरुले मर्जर लगायतका बिभिन्न हल्ला चुटेर अस्वाभाविक रुपमा सेयर मुल्य बढाएको हुन सक्ने गभर्नर नेपालले आशंका व्यक्त गरे। 'अरु देशमा धेरै पुंजी भएको संस्थाको तुलनामा सानो पुंजी भएकाको सेयर मुल्य कम हुन्छ, नेपालमा किन यस्तो अस्वाभाविक भएको ?' गभर्नर नेपालले प्रश्न गरे। 

लघुवित्तहरुले बैंक जस्तै गरि काम गर्न थालेकाले अब उनीहरुको मर्जर आवश्यक रहेको गभर्नर नेपालले बताएका छन। २०७२ सालमा बैंकहरुको चुक्तापुंजी चार गुणाले वृद्धि गर्ने निर्देशन दिंदाको भोगाई बताउदै गभर्नर नेपालले भने, पुंजी बढाउने निर्णय फिर्ता गराउन धेरै प्रयास भए, संसदमा ५० पटक उठाए, अर्थमन्त्री फेरीएपिच्छे संचालक र सीईओंहरु मन्त्रालय धाए, राष्ट्र बैंकले हावाको भरमा निर्णय गर्दैन, त्यसैले अहिले नै मर्जरको लागि लघुवित्तहरु तयार रहनुहोस।'

२०६६ सालमा अन्तराष्ट्रिय मुद्रा कोषले बैंक वित्तीय संस्थाको चुक्तापुंजी बढाउँन र संख्या घटाउन राष्ट्र बैंकलाई बुझाएको प्रतिबेदन अनुसारनै आफु गभर्नर भएपछि पुंजी वृद्धि योजना ल्याएको गभर्नर नेपालले स्पष्ट पारेका छन। उनले भने, 'राष्ट्र बैंकले हावाको भरमा नीति ल्याउदैन, नीति ल्याएपछि पछि हट्दैन, २०७२ सालमा अध्ययन अनुसन्धान गरेर नै पुंजी वृद्धि योजना ल्याएको हो।'

मर्जरको लागि उपयुक्त पार्टनर खोज्नलाई लघुवित्तसंग अब मात्र एक महिना रहेकाले तत्कालै मर्जरमा जाने तयारि गर्न समेत गभर्नर नेपालले निर्देशन दिएका छन। एक महिनापछि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने र त्यसपछि हार गुहार र रुन समेत लघुवित्तलाई छुट नहुने भन्दै गभर्नर नेपालले लघुवित्तको मर्जर राष्ट्र बैंकको प्राथमिकतामा भएको स्पष्ट पारेका छन। उनकाअनुसार हालसम्म १६७ वटा वित्तीय संस्था मर्ज भएका छन।      

यसअघि: लघुवित्तलाई मर्जरमा जान १ महिने अल्टिमेटम, गभर्नर भन्छन: पछि रुन पाइदैन'













  




   








Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved