इन्फिकेयर रेमिटर्स कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2024 | 09:54:24 AM मा प्रकाशित

laxmi  sunrise bank

 इन्फिकेयर रेमिटर्स कर्पोरेट फुटसल प्रतियोगिता सिजन ४ को उपाधि सिद्धार्थ बैंकले जितेको छ । राजधानीको  ढुकु स्पोर्ट्स हवको फाइनल खेलमा एनआइसी एसिया बैकलाई ३-२ ले हराउँदै सिद्धार्थ बैंकले इन्फिकेयर रेमिटर्स कर्पोरेट फुटसल प्रतियोगिताको चौथो सिजनको उपाधि जितेको हो ।

 साथै म्यान अफ द म्याच र उत्कृष्ट गोल किपर को उपाधि पनि सिद्धार्थ बैंकका खेलाडीले पाएका छन्। प्रतियोगितामा इन्फिकेयर प्राइभेट लिमिटेड, कुमारी बैंक, एनआइसी एसिया बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, आइएमइ रेमिट,  सिटी एक्प्रेस मनि ट्रान्सफर, सम्सरा रेमिट, आइपे रेमिट, अन्नपूर्ण रेमिट, हिमालयन बैंक, जीएमइ रेमिट, इसेवा मनि ट्रान्सफर सहित १४ टिमको  सहभागिता रहेका थियो ।

 बैंक तथा रेमिट्यान्स कम्पनीहरुलाई रेमिट्यान्स सफ्टवेयर विकास गर्ने आइटी कम्पनि इन्फिकेयर प्राइभेट लिमिटेडले प्रतियोगिता आयोजना गरेको हो । यो प्रतियोगिता हरेक वर्ष हुदै आएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved