रक्सिले मातिएका प्रहरी निरीक्षकले डाक्टरलाई कुटेपछी अस्पताल तनाबग्रस्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 16, 2017 | 07:23:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी निरीक्षक सन्तोष पोखरेलले मदिरा सेवन गरि चिकित्सकहरुमाथि कुटपिट गर्दा सुनसरी अस्पताल तनाबग्रस्त भएको छ। प्रहरी निरीक्षक पोखरेलले मदिराको तालमा अस्पताल कर्मचारीमाथि हातपात गरेकाले जिल्ला अस्पतालमा आकस्मिक सहितका सबै सेवा ठप्प गरिएको अस्पताल स्रोतले जनाएको छ। 

अस्पतालका चिकित्सक डाक्टर सुशान्त शर्मामाथि प्रहरी निरीक्षक पोखरेलले हातपात गरेपछि अस्पतालको वातावरण तनाबग्रस्त बनेको छ। ' सडक दुर्घटनामा परि मृत्यु भएका आफन्तलाई लिएर अस्पताल आएका प्रहरी निरीक्षक पोखरेलले मलाई कुटपिट गरेका हुन्' डाक्टर शर्माले भने। 

'प्रहरी निरीक्षक पोखरेल अस्पताल आउँदा नै आक्रामक देखिएका थिए, उनले आफु मातहतका प्रहरी र एम्बुलेन्स ड्राइभरलाई समेत कुटपिट गरे, म दुर्घटनामा मृत्यु भएका उनको आफन्तको मृत सर्टिफिकेट बनाउदै थिए, त्यत्तिकैमा उनले हातपात गरे' डाक्टर शर्माले भने। 

दुर्घटनामा मृत्यु भएका व्यक्ति नाताले प्रहरी निरीक्षक पोखरेलको भिनाजु पर्ने बताइएको छ। मदिरा सेवनका कारण अचेत अवस्थामा रहेका प्रहरी निरीक्षक पोखरेलले चिकित्सकमाथि हातपात गरेकाले अस्पतालमा अहिले आकस्मिक सहितका सबै सेवा ठप्प गरिएको छ। यद्दपी अस्पताल प्रशाशनले भने आकस्मिक सेवा बन्द नगरिएको बताएको छ। 

यस अघि:

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved