पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको माग गर्दै ज्ञापनपत्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2018 | 10:49:27 AM मा प्रकाशित

laxmi  sunrise bank

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको माग गर्दै विभिन्न आन्दोलन गर्दै आएका वाम गठबन्धनका युवा र विद्यार्धी संगठनले आज ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले नेपाल आयल निगमलाई  संयुक्त रुपमा ज्ञापनपत्र बुझाउदै मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन्।


साथै पूर्व सहमति अनुरुप विद्यार्थीलई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने निर्णय अविलम्ब कार्यान्वयन गर्न उनीहरुले माग गरेका छन्।


युवा संघका अध्यक्ष राजीव पहारी, अनेरास्वियुकी अध्यक्ष नवीना लामा, वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङलगायतले बिहिबार बिहान ज्ञापनपत्र बुझाएका हुन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved