चीनसँग ऐतिहासिक सम्झौता, नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 07, 2018 | 11:49:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र चीनबीच ऐतिहासिक व्यापार तथा पारवहन सम्झौता भएको छ। सहमतिसँगै नेपालले चीनका सबै व्यापारीक बन्दरगाह प्रयोग गर्न पाउने भएको छ ।

काठमाडौंमा दुई दिनसम्म चलेको दुई देशका अधिकारीहरूको बैठकमा व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि) मा सहमति जुटेको हो। सहमति अनुसार नेपालले तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने त्यान्जिन, सेन्जेन, लियान्योन्गङ, झ्यान्यिङ लगायतका खुला सामुन्द्रिक र ल्यान्झाउ, ल्हासा, सिगात्से लगायतका सुक्खा  बन्दरगाह उपयोग गर्न पाउने छ ।

 बन्दरगाहबाट नेपालसम्म आउने जुनसुकै उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धीत प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया, पारवहनसँग सम्बन्धी विविध विषयमा पनि महत्वपूर्ण सम्झौता भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।  

हाल नेपालले भारतका दुई सामुन्द्रिक बन्दरगाहमात्रै प्रयोग गर्दै आएको छ। सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग महत्वपूर्ण व्यापार तथा पारवहन सम्झौता गरेका थिए  ।  अहिले त्यहि सम्झौताको कार्यन्वयन हुने भएको हो । नेपालका तर्फबाट बाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू र चीनका तर्फबाट त्यहाँका यातायात सेवा विभाागका महानिर्देशक वाङ सुपिङको नेतृत्वबीच दुई दिनको छलफलपश्चात प्रोटोकलमा सम्झौता भएको हो। 

अहिले नेपाली कन्टेनर केरूङसम्म मात्र जान पाउँछन्। अब भने चिनियाँ बन्दरगाहबाट आएका सामान ल्याउन नेपाली कन्टेनर सिगात्सेसम्म जाने छन्।सिगात्सेसम्म रेलमार्फत् सामान आउँछ। 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved