पप्पु कन्स्ट्रक्सनका प्रमुख रौनियारलाई पक्राउ गर्न आदेश

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2018 | 11:47:43 AM मा प्रकाशित

laxmi  sunrise bank

पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत रौतहटले रौनियारलाई पक्राउ गर्न पुर्जी जारि गरेको हो । सोहि पुर्जी अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटले रौनियारलाई प्रक्राउ गार्मे तयारी गरेको छ 

पप्पु कन्सट्रक्सन बिरुद्द विभिन्न ठेक्का लिने तर बीचमै काम अलपत्र पारी पुरा नगरी छोड्ने आरोप लाग्दै आएको छ ।  रौतहटको लालबकैया नदीमा भदौको पहिलो साता भएको डुङ्गा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो। त्यस नदीमा पप्पु कन्सट्रक्सनले पुल निर्माणको ठेक्का पाएको थियो । पुल निर्माणलाई अलपत्र छोड्दा त्यहि रडमा ठोक्किएर डुंगा दुर्घटना भएको भन्दै उनी बिरुद्द अदालतमा मुद्दा दायर भएको थियो । निर्माण कम्पनीको चरम लापरवाहीका कारण स्थानियले अकालमै ज्यान गुमाउनु परेको भन्दै मुद्दा दायर भएको हो 

यहि मुद्दामा अनुसन्धानका लागि रौनियारलाई बोलाइएको थियो । पटक पटक बोलाउदा पनि रौनियार अनुपस्थित भएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो ।

२०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने त्यस पुलको ५० प्रतिशत पनि काम भएको छैन । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved