निष्कासन गरिएका कर्मचारीको पुनर्बहालको माग गर्दै धर्ना दिने पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको छ । रेडियो नेपालको दिपायल प्रसारण केन्द्रबाट निष्काशनमा परेका पत्रकारको पुर्नबहालीको माग गर्दै रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबार पुगेका पत्रकारलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम रहेका छन् । त्यस्तै प्रहरीले क्षेत्रीय प्रसारण कार्यालय डोटीबाट निस्काशित पत्रकार प्रकाश बम, चक्र कुँवर, दिलिप पौडेल र योगेन्द्र बलायरलाई पनि पक्राउ गरेको छ।
पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गमा ल्याइएको छ। पुनर्बहालीका लागि प्रशासनसँग भएको वार्ता विफल भएपछि रेडियो नेपाल हातामा नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।